News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार

सर्वोच्चमा सरकारी वकिलको बहस : सन्दीपलाई थुनामै पठाउनुपर्छ

0.9K
SHARES


काठमाडौं । सन्दीप लामिछानेलाई विदेश जान दिनुपर्ने निवेदनबारे पहिला हेर्नुपर्ने मागलाई सर्वोच्च अदालतको संयुक्त इजलासले अस्वीकार गरेको छ ।

नाबालिक बलात्कारको मुद्दामा काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएका लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालत, पाटनको आदेशविरुद्ध सरकारले दिएको निवेदन र विदेश जाने अनुमति दिन लामिछानेले दिएको निवेदन न्यायाधीश सपना मल्ल प्रधान र कुमार चुडालको संयुक्त इजलासमा परेको छ ।

यो मुद्दाको बन्द इजलासमा सुनुवाइ भइरहेको छ । एक कानुन व्यवसायीका अनुसार सुरुमा सन्दीपका वकिलहरुले विदेश जाने अनुमतिबारे पहिले सुनुवाइ गर्न माग गरेका थिए ।

तर इजलासले धरौटीमा छाड्ने उच्च अदालतको आदेशविरुद्ध सरकारी वकिलको कार्यालयको निवेदन आइसकेकाले पहिले त्यसैलाई हेर्ने बताएए ।

यस्तै, नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले बलात्कार आरोपित पूर्व कप्तान सन्दीप लामिछानेले खेल्न पाउनुपर्ने बताएका छन् ।

सन्दीपको मुद्दामा आज सर्वोच्च अदालतमा सुनुवाइ भइरहेकाबेला क्यानको आजदेखि सुरु वार्षिक साधारणसभामा बोल्दै उनले यसबारे सम्मानित अदालतले गरेको निर्णय आफूहरूले मान्ने बताएका छन् ।    ।

अध्यक्ष चन्दले गत पुसमा आयोजित टी-२० लिगमा म्याच फिक्सिङका दोषीलाई कारबाही गर्ने सम्बन्धमा क्यानमा कुनै विवाद नरहेको बताएका छन् ।

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया