• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    प्रधानमन्त्री प्रचण्ड फागुन १९ गते दाेहा जाने

    897
    SHARES



    काठमाण्डाै। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अतिकम विकसित राष्ट्रहरूको पाँचौँ सम्मेलनमा भाग लिन कतार जाने भएका छन् ।

    परराष्ट्र मन्त्रालयले आज आइतवार सिंहदरबारमा पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिएकाे हाे । परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री प्रचण्ड यही फागुन १९ गते शुक्रवार सम्मेलनमा सहभागी हुन कतारको दोहा प्रस्थान गरेन बताइन् ।

    त्यस क्रममा प्रधानमन्त्री प्रचण्डले त्याे सम्मेलनलाई सम्बोधन गर्ने पनि उनले बताइन् । त्यसैगरी सम्मेलनमा सहभागी राष्ट्र प्रमुख र सरकार प्रमुखहरूसँग पनि प्रधानमन्त्रीले द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहको छ ।

    नेपाली दूतावास र त्यहाँ रहेकाे नेपाली समुदायले आयोजना गर्ने कार्यक्रममा पनि प्रधानमन्त्री प्रचण्ड सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    ४ दिनको भ्रमण सम्पन्न गरेर प्रधानमन्त्री प्रचण्ड फागुन २२ गते स्वदेश फर्किने छन् । प्रधानमन्त्री प्रचण्डसँग परराष्ट्र मन्त्रालयका अधिकारी त्याे सम्मेलनमा सहभागी हुने छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ