डडेल्धुरा । डडेल्धुरामा बाघको हड्डीसहित पक्राउ परेका दुई जनालाई प्रहरीले सार्वजनिक गरेको छ । शनिबार राति अमरगढी नगरपालिका–५ बागबजारबाट पक्राउ परेका दुई जनालाई जिल्ला प्रहरी कार्यालयले आइतबार सार्वजनिक गरेको हो ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुरा र सुदूरपश्चिम प्रदेश अनुसन्धान ब्यूरो (आरआईटी) को संयुक्त टोलीले बाजुराको बुढीगंगा नगरपालिका–१० का २६ वर्षीय राजेन्द्र जैशी र खप्तडछेडेदह गाउँपालिका–७ का २७ वर्षीय वीरबहादुर ओलीलाई पक्राउ गरेको हो ।
संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रूपमा ओसारपोसार तथा खरिद बिक्री गर्न लागेको भन्ने विषेश सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रतिक्रिया