सुर्खेत। नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले अहिले बनेको गठबन्धनबाट गुणात्मक परिवर्तनको अपेक्षा गर्न नसकिने बताएका छन् । नेता खनालले वामपन्थीहरू एक ठाउँमा आएको अवस्थामा मात्र परिवर्तन हुन सक्ने बताएका हुन् ।
आइतबार विमानस्थलमा पत्रकारसँग कुरा गर्दै नेता खनालले भने, ‘देश जुन तरिकाले अघि बढिरहेको छ, गठबन्धनहरू कति बेला, कसरी बन्ने हुन अहिले यसै भन्न सकिने अवस्था छैन । अहिले बनेको गठबन्धनबाट गुणात्मक परिवर्तन हुन्छ जस्तो मलाई लाग्दैन ।
अहिले नेपालका वामपन्थीहरू एक ठाउँमा आउने हो भने परिवर्तनको अवस्था छ । तर वामपन्थीहरूमा अर्कै रूप देखिन्छ ।’
उनले वामपन्थीहरुकाे बीचमा एकता हुन आवश्यक रहेको बताए । ‘तर उनीहरू भित्रै दक्षिणपन्थी हरु पनि रहेका छन् । त्यसैले नेकपा एकीकृत समाजवादीको तत्काल कुनै पार्टीसँग एकता हुने सम्भावना न्यून रहेको छ,’ खनालले भने ।
राष्ट्रपति निर्वाचनमा आफ्नो उम्मेदवार सहयोग गर्न माग गर्दै नेकपा एमालेले पठाएको पत्रबारे पार्टीमा छलफल गरेर निर्णय गरिने उनले बताए ।
‘अहिले राष्ट्रपतिको मतका लागि पत्र आइरहेका छन् त्यो विषयमा हामी छलफल गर्ने र एमालेका उम्मेदवारलाई मत हाल्न नसकिने स्पष्ट पारिसकेका छन् ।
प्रतिक्रिया