काठमाडौँ। राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेले सिरिज खेल्न विदेश जान पाउनुपर्ने भन्दै सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमा आज अन्तिम सुनुवाइ हुँदैछ ।
उच्च अदालत पाटनले धरौटीमा रिहा गर्दा विदेश जान नपाउने गरी दिएको आदेशविरुद्ध लामिछाने सर्वोच्च अदालत गएका थिए ।
शुक्रबार भएको सुनुवाइमा न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले लामिछानेविरुद्धको मुद्दा विचाराधीन रहेको अवस्थामा निवेदकले माग गरेबमोजिम कुनै आदेश दिन मनासिव नभएको भन्दै आजलाई संयुक्त इजलासमा अन्तिम सुनुवाई गर्न आदेश तोकेको थियो।
नेपाल युएई र पुपुवा न्युगिनी सम्मिलित त्रिकोणात्मक शृंखलाका नेपाली टोली त्यसतर्फ प्रस्थान गरिसकेको छ । नेपाल क्रिकेट संघ क्यानले सन्दीपको स्थानमा प्रतीश जिसीलाई समावेश गर्दै टोलीलाई युएई पठाईसकेको छ ।
नाबालिग बलात्कारको मुद्दामा पुर्वपक्षका लागि थुनामा रह सन्दीपलाई पुस अन्तिममा उच्च अदालत पाटनले २० लाख धरौटीमा रिहा गरेको थियो ।
प्रतिक्रिया