काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले वृहत् नेपाली शब्दकोश परिमार्जन गर्ने बताएका छन् । कुलपति राईले परिमार्जनको लागि सुझाव लिइरहेको बताए ।
शनिबार लेखक प्रगति राईको उपन्यास ‘थाङ्ग्रा’ विमोचन कार्यक्रममा बोल्दै कुलपति राईले अहिलेको नेपाली वृहत् शब्दकोशले कतिपय शब्द, थरको शब्दको अर्थ समुदायलाई नै हियाउने खालको रहेकोले परिमार्जन गर्ने तयारी थालेको बताए ।
त्यसका लागि त्यस्ता शब्दहरुको अर्थ, सुझाव संकलन कार्य सुरु गरेको जानकारी दिए । उनले भने, ‘मैले वृहत् शब्दकोश परिमार्जनको लागि सुझाव लिन तथा अर्थहरु केलाउन सुरु गरेको छु ।
मेरो पहिलो काम त्यहीँबाट सुरु भएको छ ।’ उनले वृहत् शब्दकोशमा भएका शब्दका अर्थ परिमार्जन गर्नुपर्छ भन्ने लागेमा सुझाव दिनसमेत आग्रह गरेका छन् ।
प्रतिक्रिया