• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    खेलकुद

    कुवेतविरुद्ध नेपालले लियो ५ विकेट

    769
    SHARES


    काठमाडौँ। आइसिसी यू-१९ विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत कुवेत विरुद्धको खेलमा नेपालले ५ विकेट लिएको छ ।

    युएईमा जारी यो खेलमा नेपालले बनाएको ३ सय ४४ रनको विशाल लक्ष्य पछ्याउने क्रममा कुवेतले पहिलो विकेट ५ ओभर ४ बलमा , दोश्रो विकेट ७ ओभरमा , तेश्रो विकेट ७ ओभर ३ बलमा तथा चौथो विकेट ८ ओभर ३ बलमा गुमाउँदै कमजोर प्रर्दशन गरेको हो ।

    नेपालका बलर आकाश चन्दले ३ र हेमन्त धामीले २ विकेट लिएका छन । ताजास्थीतीमा कुवेतले १३ ओभरमा ५ विकेटको क्षतीमा ५८ रन बनाएर खेलीरहेको छ ।

    यस अघि युएईको मलेक क्रिकेट ग्रउन्डमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय ४३ रन बनायो ।

    नेपाललाई विशाल योगफलमा पुर्याउन देव खनाल र अर्जुन कुमालले उत्कृष्ट शतकीय इनिङ खेले । नेपाली क्रिकेट इतिहासमा पहिलो पटक एकै इनिङमा दुई ब्याटरले शतक हानेका हुन् । देव खनालले १ सय ५ बलमा शतक पूरा गरेका थिए । ओपनर दीपक बोहरा २७ बलमा २ चौकासहित १३ रनमा आउट भए ।

    ओपनर अर्जुन कुमाल र दीपक बोहराले ८.४ ओभरमा ४० रन जोड्दै राम्रो सुरुवात दिलाएका थिए । कुवेतका हेनरी थोमसले १० ओभरमा ६६ रन खर्चेर २ विकेट लिएका हुन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ