काठमाडौँ। प्रदेश १ सरकारमा रहेका राप्रपाका मन्त्रीले भोलि राजीनामा दिने भएका छन् ।
काठमाडौंमा केन्द्रीय कार्यसम्पादन र ससंदीय दलको बैठकले संघीय सरकार र प्रदेश सरकार दुवैवाट राजीनामा दिने निर्णय लिएसँगै प्रदेश १ का राप्रपा मन्त्रीहरुले पनि राजीनामा दिदै छन् ।
राप्रपा प्रदेशसभा सदस्य अम्बरबहादुर विष्टले राप्रपाबाट सरकारमा सहभागी मन्त्रीले राजीनामा दिन लागेको बताएका छन् । प्रदेश १ मा कृषिमन्त्री भक्तिनाथ सिटौला छन् ।
‘सरकारलाई समर्थन गर्दै हामी कृषि मन्त्रालयको जिम्मेवारीमा छौँ, केन्द्रको निर्णयसँगै अब सरकारमा रहन्नौँ, हाम्रो पार्टीको मन्त्रीज्यूले भोलि राजीनामा दिनुहुनेछ ।’
यस्तै, नेपाली कांग्रेसबाट राष्ट्रपति पदका उम्मेदवार रामचन्द्र पौडेलले नेकपा एमालेले पनि आफूलाई साथ दिने अपेक्षा गरेका छन् ।
शनिबार संघीय संसद भवनस्थित राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन कार्यालयमा उम्मेदवारी दिएपछि उनले राष्ट्रपति पदलाई साझा बनाउन एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि योगदान गर्ने आफूले अपेक्षा गरेको बताए ।
‘एमाले अध्यक्ष ओली पनि म सँगै जेल बस्नुभएको हो, यो पदलाई राष्ट्रको साझा पद बनाउन उहाँले योगदान गर्नुहोला भन्ने अपेक्षा गरेको छु’ उम्मेदवारी मनोनयन दर्तापछि उनले पत्रकारहरुसँग भने । पौडेलले राष्ट्रपतिको चुनाव हुने दिनसम्म एमालेको पनि साथ पाउने बताएका हुन् ।
प्रतिक्रिया