अफगानिस्तान । अफगानिस्तानको उत्तरी क्षेत्रमा हिमपहिरोमा परी चार जनाको मृत्यु भएको छ ।
उत्तरी बदख्सान प्रान्तको अर्घान्जख्वा जिल्लाको एउटा गाउँमा हिमपहिरोमा परी उनीहरूको ज्यान गएको सूचना तथा संस्कृतिसम्बन्धी प्रान्तीय निर्देशक कारी माजुदिन अहमदीले जानकारी दिएका छन् ।
टाकअर्चा गाउँमा शुक्रबार राति हिमपहिरो आएको र त्यसमा चार जनाको मृत्युभएको अधिकारीले बताए पनि घटनाबारे विस्तृत विवरण दिएका छैनन् ।
गत साता पनि सोही प्रान्तको कोफाब जिल्लामा हिमपहिरोमा परी चार जनाको मृत्यु भएको थियो भने ३० वटा घर ध्वस्त भएका थिए । त्यसअघि पहाडी क्षेत्र बदख्सानमा हिमपहिरोमा परी ३६ जनाभन्दा बढीको मृत्यु भएको थियो ।
प्रतिक्रिया