News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार

प्रधानमन्त्रीद्वारा सांसद रहमानको निधनप्रति दुःख व्यक्त

330
SHARES


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाका सदस्य सहनाज रहमानको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जालमार्फत दिवङ्गत सांसद रहमानप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवार र शुभेच्छुकहरूमा गहिरो समवेदना प्रकट गरेका छन् ।

जनता समाजवादी पार्टी (जसपा)का सांसद सहनाज रहमानको ६२ वर्षको उमेरमा निधन भएको छ । हिजो भक्तपुरमा एउटा कार्यक्रममा सहभागी उनलाई हृदयघात भएको थियो ।

उपचारका क्रममा भक्तपुरको मध्यपुरठिमी अस्पतालमा आज बिहान निधन भएको जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए  । प्रतिनिधिसभामा समानुपातिकतर्फ सांसद झापाकी रहमान जसपाको केन्द्रीय सदस्य थिइन् ।

उनको शवलाई दिउँसो साढे ३ बजे पार्टी केन्द्रीय कार्यालयमा राख्ने र श्रद्धाञ्जली दिने कार्यक्रम रहेको पनि प्रचार विभागका प्रमुख बस्नेतले जनाएका छन् ।

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया