काठमाडौं । आईसीसी यू-१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगिता अन्तर्गत कुवेतविरुद्धको खेलमा ओपनर अर्जुन कुमाल र कप्तान देव खनालको सानदार शतकमा नेपालले कुवेतलाई ३ सय ४४ रनको लक्ष्य दिएको छ ।
यूएईको मलिका क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ७ विकेट गुमाएर ३ सय ४३ रन बनाएको हो ।
नेपालका लागि ओपनर अर्जुन कुमाल र कप्तान देव खनालले सानदार शतक प्रहार गरेका थिए ।
कप्तान खनालले १ सय १७ बलमा ९ चौका तथा ३ छक्काको सहयोगमा १ सय २५ रन बनाए । ओपनर अर्जुन कुमालले १ सय १२ बलमा १२ चौकाको सहयोगमा १ सय ८ रन बनाउदै आउट भएका थिए ।
अर्जुन कुमाल र कप्तान देव खनालबीच तेस्रो विकेटका लागि १ सय ७० रनको साझेदारी भएको थियो । विशाल बिक्रम केसीले १४ बलमा २३ रन बनाउँदा दिपक डुम्रे १६ बलमा २० रनमा अविजित रहे । दिपक बोहोराले ९ बलमा १९ रन बनाए ।
नेपालका ओपनर दिपक बोहोरा १३ तथा शुक्रबार सिंगापुरविरुद्धको खेलमा अर्धशतक प्रहार गरेका आकास त्रिपाटी ३ रनमा आउट भएका थिए ।
प्रतिक्रिया