काठमाडौं । आईसीसी यू-१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगिता अन्तर्गत कुवेतविरुद्धको खेलमा नेपालका कप्तान देव खनालले शतक प्रहार गरेका छन् ।
देवले १ सय ५ बलमा ८ चौका र १ छक्काको सहयोगमा आफ्नो शतक पूरा गरेका हुन् । टस जितेर पहिले ब्याटिङ गरिरहेको नेपालले ४५ ओभरको अन्त्यमा ५ विकेट गुमाएर २ सय ९७ रन बनाएको छ ।
अहिले क्रिजमा दिपक डुम्रे र कप्तान देव खनाल रहेका छन् । नेपालका ओपनर दिपक बोहोरा १३ तथा शुक्रबार सिंगापुरविरुद्धको खेलमा अर्धशतक प्रहार गरेका आकास त्रिपाटी ३ रनमा आउट भए ।
अर्जुन कुमालले १ सय १२ बलमा १२ चौकाको सहयोगमा १ सय ८ रन बनाउँदा विशाल बिक्रम केसीले १४ बलमा २३ रन बनाए । दिपक बोहोराले ९ बलमा १९ रन बनाए ।
कुवेतका हेनरी थोमसले २ तथा जय महेशकुमार मेहेता र सहिल काज्मीले समान ११ विकेट लिए । प्रतियोगितामा दोस्रो खेल खेलिरहेको नेपाल लगातार दोस्रो जित निकाल्ने योजनामा छ । पहिलो खेलमा नेपालले शुक्रबार सिंगापुरलाई पराजित गरेको थियो ।
प्रतिक्रिया