News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

राजनीति

रवि लामिछानेसँग भोट माग्न पुगे रामचन्द्र पौडेल

490
SHARES


काठमाडौँ । कांग्रेसबाट राष्ट्रपतिको उम्मेदवार रहेका रामचन्द्र पौडेल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भेटेका छन्।

पौडेलले लामिछानेको हात्तिगौडा स्थित निवासमै पुगेर राष्ट्रपति चुनावमा आफूलाई सहयोग गर्न आग्रह गरेका हुन् ।

यद्यपि लामिछानेले सहयोग गर्नेबारे स्पष्ट जवाफ दिएनन् । उनले पार्टीमा छलफल गरेर आवश्यक निर्णय लिने जवाफ पौडेललाई फर्काएको लामिछानेका स्वकीय सचिव प्रकाश सिग्देलले जानकारी दिए ।

यस्तै, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दलिय स्वार्थ नभएर राष्ट्रियस्वार्थका लागि राष्ट्रपतिमा उम्मेदवारी दिएको बताएका छन् ।

शनिवार संसद् भवन बानेश्वरमा रहेकाे निर्वाचन अधिकृतको कार्यलयमा नेम्वाङको नाम दर्ता गरापछि पत्रकारसँगकाे कुराकानीमा यस्तो बताएका हुन् ।

‘हामीले दलिय स्वार्थ होइन राष्ट्रि स्वार्थका लागि राष्ट्रको हितको लागि संविधानका रक्षा र कार्यान्वयनका लागि, प्रणालीको रक्षा र सफल प्रयोगका लागि उम्मेदवारी दिएका हौँ,’ उनले भने,‘ हामीले विश्वास लिएका छौँ हाम्रो उम्मेदवारी सर्वत्र स्वीकार्य हुनेछ ।’

उनले सांसद नेम्वाङ अत्यन्तै अनुभवी र कानुनका व्यता समेत रहेकोले उनलाई उठाइएको समेत बताए ।

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया