• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    सरकारबाट बाहिरियो राप्रपा, मन्त्रीहरुले प्रधानमन्त्रीसमक्ष बुझाए राजीनामा

    1K
    SHARES



    काठमाडौँ। राप्रपाका मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष राजीनामा पत्र बुझाएका छन् ।

    राप्रपाले आजमात्रै सरकारबाट बाहिरिने निर्णय गरेको थियो । सो निर्णयअनुसार नै राप्रपाबाट सरकारमा सहभागी मन्त्रीहरुले प्रधानमन्त्री दाहाललाई बालुवाटारमा भेटेर राजीनामा बुझाएका हुन् ।

    शनिबार दिउँसो बालुवाटारमा प्रधानमन्त्रीसमक्ष राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट सरकारमा सहभागी उपप्रधान तथा उर्जा, जलस्रोत तथा सिचाइमन्त्री राजेन्द्र लिङ्देन, सहरी विकासमन्त्री विक्रम पाण्डे, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधान र उर्जा, जलस्रोत तथा सिचाइ राज्यमन्त्री दीपकबहादुर सिंहले मन्त्री पदबाट राजीनामा बुझाएका हुन् ।

    यस्तै, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुस १० गते भएको सम्झौताअनुसार नै प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपतिमा एमाले उम्मेदवारलाई सहयोग गर्ने दाबी गरेका छन् ।

    शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टी केन्द्रीय सचिवालय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष ओलीले प्रधानमन्त्री दाहालले आफूलाई अफ्ठ्यारो परेको र दबाब आएको कुरा गरेको भनिरहे पनि पुस १० को सम्झौताअनुसार नै एमाले उम्मेदवारलाई सघाउनेमा विश्वस्त रहेको बताए ।

    ‘प्रचण्डजीले अलिकति के अफ्ठ्यारो पर्‍यो मलाई के-के पर्‍यो दबाब पर्‍यो भनिरहनुभएको छ । तर उहाँले सम्झौताअनुसार नै हामीलाई भोट हाल्नुहुन्छ भन्ने लगभग यकिन छ । कहाँ ८ दलको समर्थन थियो, ८ दललाई बोलाएको थियो, चिया खान बोलाए जति सबै भोट हुन्छ,’ उनले भने ।

    नेकपा एमालेले पूर्वसभामुख एवं संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाएको छ । त्यस्तै कांग्रेसले रामचन्द्र पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ