काठमाडौँ। नेकपा (एमाले) ले दुर्गा प्रसाईंलाई साधारण सदस्यसमेत नरहनेगरि पार्टीबाट निष्कासन गरेको छ ।
आज (शनिबार) पार्टी कार्यालय च्यासलमा बसेको सचिवालयको बैठकले प्रसाईंलाई निष्कासन गरेको हो ।
पार्टीका प्रवक्ता एवं उपमहासचिव पृथ्वीसुब्बा गुरूङले प्रसाईलाई पार्टीबाट निष्कासित गर्ने निर्णय भएको बताए ।
प्रसाईले झापामा पूर्वराजा ज्ञानेन्द्र शाहलाई प्रमुख अतिथि बनाएर पूर्व-पश्चिम अभियानको सुरुवात गरेका थिए ।
प्रसाईले भने पार्टीेले कारबाही गर्ने प्रक्रिया थाल्दै गर्दा आँफैले राजीनामा दिएको घोषणा पनि गरेका थिए ।
अहिले उनले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध कडा कडा टिप्पणी गर्दै ओलीलाई हजुरबुवा भनेर सम्बोधन पनि गर्दथे ।
प्रतिक्रिया