काठमाडौँ । नेकपा एमालेले सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
आज (शनिबार) पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको नेता सुरेन्द्र पाण्डेले बताए ।
यस्तै ८ दलीय गठबन्धनबाट रामचन्द्र पौडेल राष्ट्रपतिको उम्मेदवार रहेका छन् । पौडेललाई कांग्रेसले राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय आजै बसेको कार्यसम्पादन समितिको बैठकले गरेको हो ।
प्रतिक्रिया