News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

राजनीति

सरकारबाट बाहिरिने राप्रपाको निर्णय

278
SHARES


काठमाण्डाै । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिने निर्णय गरेको छ ।

बिहान पार्टी कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट बाहिरिने निर्णय गरेको राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले बताए ।

सरकारमा अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधान तथा ऊर्जामन्त्री, ध्रुवबहादुर प्रधान कानुन तथा संसदीय मामिला मन्त्री, विक्रम पाण्डे सहरी विकास मन्त्री र दीपकबहादुर सिंह ऊर्जाराज्यमन्त्री रहेका छन् । सङ्घीय सरकारसँगै प्रदेश सरकारबाट पनि बाहिरिने उनले बताए ।

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया