काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं सांसद डा.चन्द्रकान्त भण्डारीको स्वास्थ्यमा सुधार हुँदै गइरहेको छ ।
काठमाडौँको बुद्धनगरस्थित आफ्नै घरमा १० दिन पहिले ग्यास चुहिएर विष्फोट हुँदा घाइते भएका डा.भण्डारीको स्वास्थ्यमा सुधार हुँदै गएको हो ।
भारतको नेशनल वर्न सेन्टर मुम्बईमा उपचार गराइरहेका नेता डा.भण्डारीको शरीरको तापक्रम, धडकन गति, श्वासप्रश्वासको दर, रक्तचाप सबै सामान्य अवस्थामा रहेको भण्डारीका आफन्त मीनप्रसाद भण्डारीले बताए ।
डा.भण्डारीको आज ड्रेसिङ गरिने भएको छ । शुक्रबारबाट ठोस खाना खान सुरु गरेका डा.भण्डारीले राम्रोसँग बोल्ने र खाना खाने गरेको पनि मीनप्रसादले बताए । उनलाई अहिले भेटघाट बन्द गरिएको अस्पताल प्रशासनले जनाएको छ ।
प्रतिक्रिया