News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

राजनीति

कांग्रेस बैठक : पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने तयारी

391
SHARES


काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा सहभागी हुन नेताहरू सानेपामा जामा हुँदैछन् । पार्टी कार्यालय सानेपामा अहिले केही बेरमा कार्यसम्पादन समितिको बैठक बस्दैछ ।

बैठकमा राष्ट्रपतिको उम्मेदवार चयन गर्नेबारे निर्णय हुने छ भने वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने पार्टीको तयारी छ । नेता पौडेल पनि सानेपा पुगिसकेका छन् ।

पार्टी सभापति शेरबहादुर देउवा पनि पुस १० पछि पहिलो पटक सानेपा पुगेका छन् । आठ दलीय गठबन्धनले राष्ट्रपतिमा कांग्रसलाई सघाउने निर्णय गरिसकेको छ ।

यस्तै, केन्द्रमा फेरिएको समीकरणले सुदूरपश्चिमको कांग्रेस सरकार जोगिने भएको छ । मुख्यमन्त्री नियुक्त भएको आधा महिना बितिसक्दा विश्वासको मत पाउने आधार नपाइरहेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहले अन्ततः विश्वासको मत पाउने भएका छन् ।

केन्द्रमा शुक्रबार बनेको नयाँ राजनीतिक समीकरणका कारण शाहको सरकार जोगिने निश्चित भएको हो ।

मुख्यमन्त्री नियुक्त भएको दिनदेखि ३० दिनभित्र विश्वासको मत लिनु पर्ने संवैधानिक व्यवस्था रहेको छ । माघ २६ मा कांग्रेस संसदीय दलका नेता शाह मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

केन्द्रीय समीकरणमा कांग्रेस बाहिर रहे पनि संविधानको धारा १६८ को ३ अनुसार सुदूरपश्चिममा शाह मुख्यमन्त्रीमा नियुक्त भए । तर, एमाले र माओवादीको गठबन्धनका कारण विश्वासको मत नपाउने विश्लेषण भइरहेका बेला अन्ततः उनी सुरक्षित भएका छन् ।

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया