News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

खेलकुद

१९ वर्षमुनिको विश्व कप एसिया छनोटमा नेपालले कुवेतसँग खेल्दै

594
SHARES


काठमाण्डाै। यूएईमा चलिरहेको आईसीसी १९ वर्षमुनिको पुरुष विश्व कपको एसिया छनोट प्रतियोगितामा नेपालले आज कुवेतसँग खेल्दैछ।

खेल नेपाली समयअनुसार बिहान पौने ११ सुरु हुनेछ । नेपालले हिजो पहिलो खेलमा सिङ्गापुरलाई पराजित गरेको थियो । कुवेत पहिलो खेलमा हङकङसँग पराजित भएको छ ।

प्रतियोगितामा नेपालसहित सिङ्गापुर, कुवेत, हङकङ, मलेसिया र आयोजक यूएईको सहभागिता रहेको छ । नेपालले पर्सि सोमवार हङकङसँग, मङ्गलवार मलेसिया र बिहीवार यूएईसँग खेल्नेछ ।

राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष टोली सन् २०२४ मा श्रीलङ्कामा हुने १९ वर्षमुनिको विश्व कपका लागि छनोट हुने भएको छ ।

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया