News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार

आज केही ठाउँमा सामान्य हिमपात र वर्षाको सम्भावना

330
SHARES


काठमाण्डाै। आज देशका केही ठाउँमा सामान्य हिमपात र वर्षाको सम्भावना रहेको छ ।

पश्चिमी वायुको प्रभावका कारण प्रदेश नम्बर १, बाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै ठाउँहरुमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान् महाशाखाका मौसमविद् रोजन लामिछानेले बताए ।

यस्तै प्रदेश नम्बर १, बाग्मती र गण्डकी प्रदेशको पहाडी भू-भागका थोरै ठाउँहरुमा र बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित सामान्य वर्षाको सम्भावना रहेको पनि उनको भनाइ छ । बाँकी भूभागमा मौसम सफा हुने महाशाखाले जनाएको छ ।

यस्तै आज राति प्रदेश नम्बर १, बाग्मती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदलीरहने भएको छ ।

यस्तै देशका बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहने मौसन पूर्वानुमान महाँसाखाले जनाएको छ ।

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया