• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    हातिखर्कमा भीषण आगलागी : १४ घर जले, आगो नियन्त्रण बाहिर

    648
    SHARES


    तेह्रथुम। तेह्रथुमको आठराई ६ चुहानडाँडास्थित हातिखर्कमा भीषण आगलागी भएको छ । आगलागीबाट १४ जलेका उँपालिकाका अध्यक्ष दिलकुमार पाहिमले जानकारी दिए ।

    ‘आगो अझै नियन्त्रण बाहिर छ, पालिकाको टोलीसहित हामी पनि घटनास्थलमै छौं, सुख्खाग्रस्त क्षेत्र भएको कारण आगो निभाउन कठिन भएको छ,’ उनले भने, ‘सडक यातायातमार्फत दमकल आधा घण्टामा आइपुग्ने जानकारी पाएका छौं, तर दमकल जान नसक्ने ठाउँमा आगलागी भएको हो ।’

    सशस्त्र प्रहरी, जनपथ प्रहरी, पालिकाको टोलीसहित स्थानीयले आगलागी नियन्त्रणको प्रयास गरिरहेको उनले बताए ।

    दिउँसोबाटै नजिकैको जङ्गलमा लागेको डढेलो गाउँमा पसेको हो । सो वडाका वडाध्यक्ष कृष्ण बास्कोटाका झाडीजंगल धेरै रहेको हुँदा आगो नियन्त्रणमा आउन नसकेको हो । धुवाँधूलोले गाउँनै छोपेको छ भने आगलागीका कारण अझै धेरै घरमा क्षति भएको हुनसक्ने अनुमान छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ