News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

राजनीति

पुरानो गठबन्धनका शीर्ष नेताको बैठक बालुवाटारमा जारी

350
SHARES


काठमाडौँ । तत्कालीन पुरानो गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको छ । राष्ट्रपतिको साझा उम्मेदवार तय गर्न पुरानो गठबन्धनका शीर्ष नेताको छलफल भइरहेको छ ।

प्रधानमन्त्री प्रचण्डसहित कांग्रेस, एकीकृत समाजवादी, जसपा लगायत दलका शीर्ष नेताहरु सहभागी छन् । बिहान पुराना दलका नेताहरुले राष्ट्रपति र प्रधानमन्त्रीको पावर सेयरिङका विषयमा छलफल गरेका थिए ।

अहिले पुनः बैठक बसेर फाइनल निर्णय गर्ने दाबी गरेका छन् भने बैठकमा समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे, महासचिव वेदुराम भुसाल पनि सहभागी रहेका छन् ।

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया