News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

राजनीति

ओली र देउवासँग छुट्टाछुट्टै छलफल गर्दै प्रधानमन्त्री प्रचण्ड

306
SHARES


काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग छुट्टाछुट्टै छलफल गर्ने तयारी गरेका छन् ।

उनले कांग्रेस सभापति देउवालाई बिहान र एमाले अध्यक्ष ओलीसँग दिउँसो छलफल गर्ने बताए । राष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय सहमतिको प्रयास जारी रहेको र यसकै लागि आफूले देउवा र ओलीसँग छलफल गर्ने उनले बताए ।

बिहीबार नेकपा एकीकृत समाजवादी (नेकपा एस) र जनता समाजवादी पार्टी (जसपा) सँग दुईपक्षीय र बहुपक्षीय छलफल गरेका थिए ।

बिहिबार साँझ कांग्रेस र एमालेबाहेक माओवादी केन्द्र, नेकपा एस र जसपाको बैठकले कांग्रेस र एमालेसँग कुरा गर्ने जिम्मेवारी प्रधानमन्त्री प्रचण्डलाई नै दिएको छ ।

 

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया