सप्तरी। सप्तरीको बोदेबर्साइन नगरपालिका १० खडकपुरमा बिहीबार आगलागी हुँदा २५ लाख बराबरको क्षति भएको छ ।
स्थानीय पलानु यादव, गोहालु यादव, उमेश यादव र विरेन्द्र यादवको घरमा आगलागी हुँदा चार वटा घर जलेर नष्ट भएका छन् ।
आगलागीमा परेर पालानु यादवले छोरीको बिहेका लागि जोहो गरि राखेको नगद ५ लाख, गरगहना, मोबाइल, टेलिभिजन, लत्ताकपडा अन्नपात, भाँडाकुँडा, फर्निचरका सामान जलेर नष्ट भएको छ ।
छोरीको बिहेका लागि किनमेल गर्न बजार गएको समयमा दिउँसो २ बजे आगलागी हुँदा घरमा भएको सम्पुर्ण सामान जलेर खरानी भएको पीडित यादवले बताएका छन् ।
आगलागीमा छिमेकी गोहालु यादव, उमेश यादव र विरेन्द्र यादवको अन्नपात, लत्ताकपडा, भाँडाकुँडा लगायतका सामान जलेर नष्ट भएको हो । आगलागीमा ३ वटा बाख्रापनि जलेको स्थानीयले बताएका छन् ।
प्रतिक्रिया