काठमाडौँ। जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीलाई उपराष्ट्रपति दिन नेकपा (माओवादी केन्द्र) सकारात्मक भएको बताएका छन् ।
बिहीबार सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालसँगको छलफलपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् ।
छलफलका क्रममा आफूहरूले राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचन तथा सरकारको विषयमा धारणा राखेको उनले बताए ।
प्रधानमन्त्री दाहाल जसपालाई उपराष्ट्रपति दिन सकारात्मक भएको उनकाे रहेको छ । उनले आगामी दिनमा सरकारको विषयमा पनि छलफल हुने बताएका छन् ।
अध्यक्ष यादवले प्रधानमन्त्री दाहालले जुनसुकै काम गर्दा पनि नेपाली कांग्रेसलाई सहमतिमा लिएर जान चाहेको धारणा व्यक्त गरेको उल्लेख गरे । दाहालले आगामी दिनमा कांग्रेससँग सहकार्य गर्नुपर्नेमा जोड दिएको उनको भनाइ छ ।
साँझमा पुनः प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र आफूसहितका नेताहरू छलफलमा जुट्ने पनि उनले बताए ।
यस्तै, ष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल र नेपाली जनताको हित प्रवर्द्धनलाई ध्यानमा राखेर नेपालको परराष्ट्र नीति अघि बढाउनुपर्ने बताएकी छन् ।
नेपाल विश्व सम्बन्ध परिषद्को ७५ औँ वार्षिकोत्सवका अवसरमा बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा राष्ट्रपति भण्डारीले अन्तर्राष्ट्रिय समुदायमा नेपालको छवि उच्च राख्नका लागि मुलुकको हितलाई ध्यानमा राखेर परराष्ट्र नीति अघि बढाउनुपर्ने बताएकी हुन् ।
भण्डारीले बदलिँदो परिवेशमा नेपालको परराष्ट्र नीतिको उद्देश्य र लक्ष्य प्राप्तिका लागि भइरहेका प्रयासका बारेमा छलफल गर्न जरुरी रहेको धारणा राखिन् ।
राष्ट्रपति भण्डारीले भूराजनीतिक जटिलता, बढ्दो असमानता, जलवायु परिवर्तनले ल्याएको संकटलगायतका कारणले विश्व शान्ति र समृद्धिमा नयाँ चुनौती उत्पन्न भएको पनि बताइन् ।
बदलिँदो आन्तरिक तथा अन्तर्राष्ट्रिय परिवेशलाई विचार गरी आफ्नो राष्ट्रिय हित अनुकूल परराष्ट्र नीति सञ्चालनलाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ रहेको छ ।
उनले दुई छिमेकी मुलुक भारत र चीनसँगको मित्रवत् सम्बन्धलाई थप प्रगाढ तुल्याउँदै पारस्परिक लाभका आधारमा सौहार्दपूर्ण सम्बन्ध कायम गरि लगानी भित्र्याउन पहल गर्नुपर्ने पनि बताएकी हुन् ।
प्रतिक्रिया