News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार

मेयर बालेन साह लण्डन जाँदै

373
SHARES


काठमाडौं । काठमाडौैं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साह लण्डन जाने भएका छन् ।

‘हेल्दी सिटी समिट’मा सहभागी हुनका लागि मेयर साह लण्डन जान लागेका हुन् । मेयर साहको लण्डन भ्रमणबारे बिहीबारको कार्यपालिका बैठकमा प्रस्ताव पेश भएको महानगरपालिकाले जनाएको छ ।

महानगरकाअनुसार ३० फागुनदेखि ३ चैतसम्म लण्डनमा उक्त समिट आयोजना हुँदैछ । मेयर साहको वैदेशिक भ्रमणको अनुमति मन्त्रिपरिषद्‍ बैठकले स्वीकृत गर्नुपर्ने हुन्छ ।

कार्यपालिका बैठकले पारित गरेको मेयर शाहको भ्रमणसम्बन्धी प्रस्ताव मन्त्रिपरिषदमा पठाइने प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले बताए ।

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया