News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

राजनीति

प्रचण्डले पुस १० को सम्झौता तोड्दैनन् : अध्यक्ष ओली

1K
SHARES


काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुस १० गते भएको सम्झौता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नतोड्नेमा पूर्ण विश्वस्त रहेको बताएका छन् ।

उनले आज बालकोटस्थित आफ्नै निवासमा सञ्चारकर्मीसँग कुरा गर्दै सत्ता गठबन्धन पनि नटुट्ने बताएका हुन् ।

अध्यक्ष ओलीले भने, “राष्ट्रपति निर्वाचनमा प्रचण्डजीले एमालेलाई धोका दिनुहुन्छ भन्ने हामीलाई विश्वास छैन, माओवादीसँग पुस १० गते नै राष्ट्रपति एमालेलाई दिने सम्झौता भइसकेको छ, प्रचण्डजीले सम्झौताअनुसार एमालेलाई साथ दिनुहुन्छ ।”

उनले एमालेसँग भएको सम्झौता तोडेर माओवादी केन्द्रले अरुसँग सम्झौता गर्न नमिल्ने बताएका हुन् ।

यस्तै, मन्त्रिपरिषद् बैठक बसिरहेको छ । अहिले सिंहदरवारस्थित मन्त्रिपरिषद्कको कार्यालयमा बैठक बसिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया