• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    राष्ट्रपति कांग्रेसलाई दिँदा राष्ट्रिय सहमति हुन्छ : मन्त्री किराती

    0.9K
    SHARES



    भोजपुर । संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री सुदन किरातीले नेपाली कांग्रेसलाई राष्ट्रपति दिँदा राष्ट्रिय सहमति हुने बताएका छन् ।

    गृह जिल्ला भोजपुरमा सञ्चारकर्मीहरुसंँग कुरा गर्दै मन्त्री किरातीले राष्ट्रपति कांग्रेसबाट बनाएमा राष्ट्रिय सहमती हुने बताएका हुन् । राष्ट्रपतिमा राष्ट्रिय सहमति कायम भएमा देशलाई निकास दिन सकिने किरातीले बताए ।

    माओवादीले प्रधानमन्त्री, एमालेले सभामुख, राष्ट्रिय स्वतन्त्र पार्टीले उप-सभामुख लिइसकेकाले अब कांग्रेसलाई राष्ट्रपति र एकीकृत समाजवादीले उपराष्ट्रपति दिँदा राष्ट्रिय सहमति हुने किरातीको दाबी छ ।

    मन्त्री किरातीले भने, ‘राष्ट्रिय राजनीतिको वर्तमान अवस्था, जनताको स्थिति, निर्वाचनबाट प्राप्त जनादेशले र संविधानको भावना राष्ट्रपति राष्ट्रिय एकताको प्रतिक भएको हुनाले राष्ट्रिय सहमतिबाटै राष्ट्रपति बन्नुपर्छ ।’

    यस्तै, डीआईजी अशोक सिंहले दिएको राजीनामा स्वीकृत भएको छ । हिजो उनले  प्रहरी प्रधान कार्यालयमा पुगेर आफ्नो राजीनामा बुझाएका थिए ।
    प्रधान कार्यालयले गृह मन्त्रालयमा फरवार्ड गरेको उक्त राजीनामा पत्र गृहमन्त्री समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज स्वीकृत गरेका हुन् ।
    डीआईजी सिंहको उमेर विवादका कारण राजीनामा दिएका हुन् । २०४२ जेठ २२ मा जारी उनको नागरिकतामा सिंहको उमेर १८ वर्ष उल्लेख गरिएको छ ।

    शैक्षिक योग्यताको प्रमाणपत्रमा सिंहको जन्ममिति २०२५ साल पुस १६ उल्लेख भएको पाइएपछि सिंह विवादमा तानिएका हुन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया