• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    भोलि त्रिवि अन्तर्गतका सम्पूर्ण आंगिक क्याम्पस बन्द

    393
    SHARES


    काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सम्पूर्ण आंगिक क्याम्पसहरू शुक्रबारअर्थात भोले बन्द हुने भएका छन् ।

    त्रिभुवन विश्वविद्यालयका सेवा आयोगका पूर्वअध्यक्ष प्राध्यापक चुडाराज उप्रेतीको निधनमा शोक बिदा दिने निर्णय गरिएको हो ।

    यही फागुन ८ गते उप्रेतीको निधन भएको थियो । उनको निधनमा शोक मनाउनका लागि शुक्रबार बिदा दिइएको त्रि.वि. सभा तथा कार्यकारी सचिवालय परिषद्का प्रमुख विष्णुप्रसाद अर्यालले बताएका छन् ।

    उक्त दिन पूर्वनिर्धारित परीक्षाहरू यथावत् रहने र त्रि.वि केन्द्रीय कार्यालय लगायतका सम्पूर्ण आंगिक क्याम्पस तथा कार्यालय बन्द गरिने सचिवालय परिषद्ले जनाएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ