• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    खेलकुद

    सन्दीपको भूमिका अरु खेलाडीले निर्वाह गर्नुपर्छ : रोहित पौडेल

    1.7K
    SHARES



    काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले युएईमा हुन लागेको आइसीसी विश्वकप लिग टू सिरिजमा प्रमुख स्पिनर सन्दीप लामिछाने नहुने भएपछि अन्य खेलाडीले जिम्मेवारी लिनु पर्ने बताए ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटपछि प्रधानमन्त्री निवास बालुवाटारमा पत्रकारसंग कुरा गर्दै उनले अन्य बलर तथा स्पिनरले टिममा सन्दीपको भूमिका निर्वाह गर्नुपर्ने बताएका हुन ।

    उनले भने, ‘सन्दीप टिमको महत्वपूर्ण बलर हो । ४ खेलमा १३ विकेट लिनुभएको थियो । उहाँले महत्वपूर्ण अवस्थामा विकेट निकाल्नुहुन्थ्यो । उहाँ नहुँदा फरक त पर्छ नै तर अब अन्य सिनियर बलर स्पिनरहरुले त्यो भूमिका पूरा गर्नुपर्‍यो ।’

    नेपाली राष्ट्रिय क्रिकेट टिम पपुवा न्युगिनीसमेत सहभागी हुने त्रिकोणात्मक शृंखला खेल्न शनिबार युएई जाँदै छ । नाबालिक बलात्कारको आरोप लागेका सन्दीप लामिछानेलाई अदालतले विदेश जान रोक लगाएको छ । त्यसैले नेपाल क्रिकेट संघ क्यानले सन्दीपलाई टिममा समावेश गरेको छैन ।

    नेपाली टिमले लिग टूमा अब युएईको भूमिका ४ र घरेलु मैदानमा ४ वटा खेल खेल्न बाँकी  छन्। घरेलु मैदानमा स्कटल्याण्ड र नामिबियासँगका सबै चार खेल जितेको नेपालले बाँकी सबै खेललाई फाइनल जसरी खेल्ने पौडेलले बताए ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ