काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ परीक्षाको तालिका (रूटिन) केहिदिनमा सार्वजनिक गर्दै छ ।
२०८० सालमा सञ्चालन गरिने परीक्षाको तालिका केहि दिनमा सार्वजनिक गरिने बोर्डले जनाएको हो । परीक्षाका आवेदन फारम भर्ने मिति अविलम्व शुल्कसहित फागुन १५ गतेसम्म तोकिएको छ भने अबिलम्ब शुल्क नतिरेर माघ मसान्तसम्मको म्याद थियो ।
दोब्वर दस्तुर तिरेर आवेदन बुझाउने म्याद सकिएपछि परीक्षा तालिका सार्वजनिक गरिने बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले जानकारी गराएका हुन् ।
बोर्डको वार्षिक कार्यतालिका अनुसार माघ मसान्तभित्रमा रुटिन निकालिसक्नु पर्ने भए पनि आवेदन फारम नै ढिलागरी खुलाइएको थियो ।
प्रतिक्रिया