• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    साइबर सुरक्षा मजबुत बनाउन प्रयोगकर्ता पनि डिजिटल साक्षर हुन आवश्यक छ : एसएसपी अर्याल

    409
    SHARES


    काठमाडौँ। नेपाल प्रहरीको साइबर ब्युरोका प्रमुख एसएसपी नविन्द अर्यालले साइबर सुरक्षाको कार्यान्वयनका लागि प्रयोगकर्ता पनि साक्षर हुनुपर्ने बताए ।

    कान्तिपुर मिडिया ग्रुपले बिहीबार आयोजना गरेको ‘कान्तिपुर : साइबर सेक्युरिटी डायलग १‍.०’ को पहिलो सत्र ‘अधिक प्रयोग : न्यून साक्षरता’ मा आफ्ना कुरा राख्दै एसएसपी अर्यालले पछिल्लो समय विभिन्न अनलाइन पोर्टल र अनलाइन कारोबारका नाममा साइबर ठगी भइरहेको बताएका हुन् ।

    एसएसपी अर्यालले साइबर सुरक्षालाई थप मजबुत बनाउनका लागि दक्ष जनशक्तिका साथै क्षमता विकासलगायतका कुरालाई विशिष्टकृत रूपमा अध्ययन गरेर सुरक्षा रणनीति बनाउनुपर्ने बताएका हुन् ।

    एसएसपी अर्यालले भने, ‘पछिल्लो समय डेटिङ पोर्टलको दुरुपयोग बढिरहेको छ । त्यस्तै विद्युतीय कारोबारसम्बन्धी ठगी पनि बढिरहेको छ । ओटीपी, वालेटलगायतका कुरामा सेवाग्राही ठगिएका छन् ।’

    वित्तीय तथा विभिन्न क्षेत्रमा देखिएको साइबर असुरक्षाको सामना गर्नका लागि प्रमाणित सफ्टवेयरहरूको प्रयोग हुनुपर्ने एसएसपी अर्यालले बताए ।

    साइबर अपराधहरू न्यूनीकरण तथा नियन्त्रणका लागि नेपाल प्रहरीले प्रदेशमा समेत साइबर ब्युरोको विस्तारका लागि काम गरिरहेको ब्युरो प्रमुख अर्यालले जानकारी दिए ।
    यस्तै, अमेरिकी अन्तरीक्ष संस्था नासा अर्थात् नेशनल एरोनोटिक्स एण्ड स्पेस एडमिनिस्ट्रेसनको नाम लिने बित्तिकै हाम्रो दिमागमा एक अलग्गै छवि बन्दछ ।

    नासा भन्ने बित्तिकै हामी रकेट, स्याटेलाइट, टेलिस्कोप, स्पेस सूट तथा अन्तरीक्षसम्बन्धी अन्य चिजहरु सम्झिन्छौं । किनकी नासा एक अन्तरीक्ष एजेन्सीको रुपमा प्रतिष्ठित छ र सन् १९५८ मा स्थापना भएयता क्रान्तिकारी प्रविधिका साथ अन्तरीक्ष अनुसन्धानमा फड्को मारिरहेको छ ।

    तर तपाईंलाई अनौठो लाग्न सक्दछ कि नासाले केवल अन्तरीक्षसँग सम्बन्धित खोज अनुसन्धान र प्रविधिको आविष्कार मात्र गरेको छैन हामीले दैनिक कामकाजमा प्रयोग गर्ने विधिन्न प्राविधिक उपकरणहरु समेत बनाएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ