News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार

अर्थ मन्त्री पौडेल भारत प्रस्थान

322
SHARES


काठमाण्डाै। उपप्रधान एवम् अर्थ मन्त्री विष्णुप्रसाद पौडेल भारत प्रस्थान गरेका छन् । जी २० का अर्थ मन्त्रीहरूको सम्मेलनमा भाग लिन पौडेल भारतगएका हुन् ।

जी २० का अर्थमन्त्रीहरूको सम्मेलन फागुन १२ र १३ गते भारतको बेङ्लाेरमा कार्यक्रम हुने छ । मन्त्री पाैडेलले सम्मेलनका साथै भारतलगायत विभिन्न देशका समकक्षीहरूसँग छलफल गर्ने कार्यक्रम रहेको छ ।

पौडेलसंगै अर्थ मन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपाल पनि भारत गएका हुन् ।

नेपाल जी २० को सदस्य नरहे पनि भारतले अध्यक्षता लिएको बेला सम्मेलनमा भाग लिन नेपाललाई निमन्त्रणा गरेको थियो ।

जी २० मा भारत, चीन, जापान, अमेरिका, बेलायतलगायतका राष्ट्रहरू छन् । उपप्रधान एवम् अर्थ मन्त्री पौडेल फागुन १३ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया