• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    प्रचण्डले राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गर्नै मिल्दैन : ओली

    1.1K
    SHARES



    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्नै नमिल्ने बताएका छन् ।

    माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले कांग्रेससँग संवाद अघि बढाएपछि एमाले अध्यक्ष ओलीले उक्त प्रतिक्रया दिएका हुन् ।

    १० पुसमा नै प्रचण्डले एमाले उम्मेदवारलाई राष्ट्रपतिमा समर्थन गर्ने सम्झौता गरिसकेको भन्दै ओलीले कांग्रेसलाई समर्थन गर्न नमिल्ने ओलीले बताए ।

    काठमाडौंमा आयोजित एक कार्यक्रम पछि एमाले अध्यक्ष ओलीले भने, ‘उहाँले (प्रचण्ड) ले सपोर्ट गर्दै गर्नुहुन्न । गर्नै मिल्दैन किनभने हामीसँग सम्झौता पुस १० गते नै गर्नुभएको छ ।’

    पुरानो गठबन्धन ब्यूँताउनका लागि कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपाको बैठक विहीबार साँझ बस्दैछ ।

    यस्तै, नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल बंगलादेश प्रस्थान गरेका छन् । बिहीबार मध्यान्ह बंगलादेश एयरलाइन्समार्फत उनी ढाका प्रस्थान गरेका हुन् ।

    सार्क हुमेन राइट्स फाउन्टेसनको आयोजनमा हुन गइरहेको अन्तराष्ट्रिय मापदण्डको बंलादेशमा मानव अधिकारको अवस्था नामक सम्मेलनमा प्रमुख अतिथिको रुपमा सहभागी हुन खनाल त्यसतर्फ गएका हुन् ।

    खनालसहित उनकी श्रीमती रविलक्ष्मी चित्रकार, पार्टी विदेश विभाग सचिव डा.शंकर खतिवडा, केन्द्रीय सदस्य ताज मुहम्मद मिँया गएका छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ