• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    नेपाका पहिलो रक गायक खड्काको निधन

    1.8K
    SHARES


    काठमाडौं । नेपालका पहिलो रक गायक माइक खड्काको ६९ वर्षको उमेरमा बिहीबार ललितपुर पुल्चोकस्थित आफ्नै निवासमा निधन भएको छ ।

    खड्काको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिंनेछ । वास्तविक नाम मुकुन्दकुमार खड्का भएपनि उनको स्टेज नाम चाहिं माइक खड्का हो ।

    निर्देशक तथा रेडियोकर्मी प्रकाश सायमीले खड्काको निधनबाट नेपाली संगीत क्षेत्रलाई क्षति पुगेको बताए । खड्कालाई नेपालको एल्भिस प्रिस्ले भनिने गरिएको जानकारी गराए ।

    नेपाली, हिन्दी र अंग्रेजी संगीतका ज्ञाता समेत रहेका खड्काले विधिवत् रुपमा शास्त्रीय गायक रंगराव कादम्बरीबाट संगीत सिकेका थिए ।

    गायक ओमविक्रम विष्ट, अरुण थापा र दिव्य खालिङसँग उनले सहकार्य गरेका थिए । केही अंग्रेजी गीतको रेकर्ड गराएपनि उनले एल्बम भने सार्वजनिक गर्न पाएनन् । मुलुकको पुरानो सांगीतिक ब्याण्ड मानिने फ्रिडमसँग पनि उनले सहकार्य गरेका थिए ।

    पछिल्लो समय उनी संगीतसम्बन्धी पुस्तक लेखनको तयारीमा थिए । उनी क्लासिक एफएमका निर्देशक समेत थिए । सोही एफएममा उनले कार्यक्रम पनि चलाउँदै आएका थिए । स्वर्गीय खड्काका पत्नी र एक छोरा रहेका छन् ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ