• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    राष्ट्रपति निर्वाचन : ओलीको सिफारिसमा अन्ततः माधव नेपाल

    1K
    SHARES


    काठमाडौँ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर राष्ट्रपतिको नाम सिफारिस गरेका छन् ।

    ओली-दाहालबीच बुधबार भएको भेटमा ओलीले राष्ट्रपतिमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालको नाम सिफारिस गरेको प्रचण्ड निकट स्रोतले जनाएको छ ।

    नेपालको नाममा कांग्रेससहितका दलको सहमति जुटाएर साझा उम्मेदवार बनाउन ओलीले आग्रह गरेको जनाइएको छ । अध्यक्ष नेपालले एमाले फुटाएर आफ्नो नेतृत्वमा छुट्टाछुट्टै पार्टी दर्ता गरेका थिए ।

    पार्टी विभाजन भएको लामो समय भइसक्दा पनि ओली-नेपाल एकअर्काप्रति आरोप-प्रत्यारोप चलिरहेको छ । यस्तो अवस्थामा ओलीले अध्यक्ष नेपालको नाम सिफारिस गर्नुलाई विशेष रुपमा हेरिएको छ ।

    यस्तै, फरक क्षमताकी महिलामाथि जबरजस्ती करणीको आशंकामा प्रहरीले एक जना पुरुषलाई पक्राउ गरेको छ । भक्तपुरको चाँगुनारायण नगरपालिका- ७ का २४ वर्षका राज लामिछानेलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

    चागुनारायण-५ छालिङमा बस्ने राजकुमार गिरीले सञ्‍चालन गरेको सुनसान गेष्ट हाउसको कोठामा रहेको बाथरुममा करिब २२ वर्षकी महिला ढलिरहेको भन्ने सूचनाका आधारमा प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी निरीक्षक सुदन केसीको नेतृत्वको टोली घटनास्थलमा पुगेको थियो ।

    प्रहरी अनुसन्धानबाट ती युवती राति १० बजेको समयमा राज लामिछानेसँग उक्त गेष्ट हाउसमा बसेकी खुलेको छ । घटनापछि फरार रहेका लामिछानेलाई सिसिटिभी फुटेज आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ