काठमाडौँ। कैलालीमा हायस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ।
हायस कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ९ बल्मिमा दुर्घटना भएको हो ।
जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर ६ का पैदल यात्री केहुँराम चौधरीको दुर्घटनामा मृत्यु भएको कैलाली प्रहरीले जनाएको छ ।
कैलाली प्रहरीका अनुसार बिहीवार बिहान धनगढीबाट नेपालगंज जाँदै गरेको बा ५ ख ४०३२ नम्बरको हायसले चौधरीलाई ठक्कर दिएको हो। अहिले कैलालीको बल्मि क्षेत्रमा पूर्व-पश्चिम राजमार्ग बन्द गरिएको छ ।
प्रतिक्रिया