• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    ताजकिस्तानमा ६.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प

    1.4K
    SHARES



    काठमाडौँ। ताजकिस्तानमा शक्तिशाली भूकम्पको धक्का महसुस भएको छ । स्थानीय समयअनुसार आज बिहान साढे ५ बजे तिर ६.८ म्याग्निच्युडको भूकम्प गएको त्यहाँका सञ्चार मध्यम हरुले बताएका छन् ।

    अफगानिस्तान-चीन सीमा क्षेत्रमा पर्ने गोर्नो-बदख्सान प्रान्तलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको जनाइएको छ । भूकम्पको क्षतिको विवरण आइसकेको छैन ।

    यसअघि चिनियाँ भूकम्प नेटवर्क सेन्टरले ७ दशमलब २ म्याग्नीच्युड मापन भएको बताएको थियो । अमेरिकी जिओलोजिकल सर्वेले ६.८ म्याग्निच्युड मापन गरेको हो । भूकम्पको धक्का चीन र अफगानिस्तानमा समेत महशुस भएको छ ।

    भूकम्पको २० मिनेटपछि ५ म्याग्निच्युडको परकम्प गएको छ । यसैबीच टर्की-सीरिया भूकम्पमा मृत्यु हुनेको संख्या ४७ हजार नाघेको छ ।

    फेब्रुअरी ६ का दिन गएको शक्तिशाली भूकम्पपछि ७ हजारभन्दा बढी शक्तिशाली परकम्प गएको अधिकारीहरूले जनाएका छन् ।

    बिहान टर्कीमा ६ दशमलब ३ म्याग्निच्युडको परकम्प महशुस भएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ