• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    दुर्गा प्रसाईले साढे ५ अर्ब खाइदिन खोजेपछि सोमबार पीडित बैंकहरुको बैठक बस्दै

    788
    SHARES


    काठमाडौं। एमाले अध्यक्ष केपी शर्मा ओलीको आडमा अर्बौं ऋण लिएर नतिर्ने अभियान चलाएका विवादित तथा ‘अराजक’ व्यवसायी दुर्गा प्रसाई पीडित बैंकले आगामी सोमबार (फागुन १५ गते) सहवित्तीयकरण बैठक डाकेको छ।

    ग्लोबल आईएमई बैंकको नेतृत्वमा प्रसाईको झापास्थित बिएन्डसी मेडिकल कलेजमा ऋण लगानी भएको थियो। कुमारी बैंक (तत्कालीन नेपाल क्रेडिट एन्ड कमर्स), नबिल (तत्कालीन नेपाल बंगलादेश बैंक), राष्ट्रिय वाणिज्य, लुम्बिनी विकास बैंक र गुडविल फाइनान्सले प्रसाइलाई साढे ५ अर्बभन्दा बढी लगानी गरेका छन्।

    प्रसाइले अदातलबाट अन्तरकालीन आदेश लिएर गत असारदेखि बैंकहरूलाई बुझाउनुपर्ने ब्याज बुझाएका छैनन् । प्रसाईको दादागिरीका कारण सर्वसाधारणको निक्षेप जोखिममा पर्ने त्रासपछि ग्लोबल आईएमई बैंकले सबै ऋण लगानी गर्ने बैंक तथा वित्तीय संस्थालाई आगामी सोमबार छलफलका लागि बोलाएको हो।

    गत असारदेखि पुससम्म विभिन्न बैंकहरुले प्रसाइबाट ९ करोड ९५ लाख रुपैयाँ ब्याजवापत पाउनुपर्ने थियो। तर, प्रसाइले तिर्नुको सट्टा उल्टै बैंक कर्मचारीलाई धम्कीपूर्ण भाषा प्रयोग गर्न थालेपछि के गर्ने भनेर ग्लोबल आईएमई बैंकले सबै बैंकलाई छलफलका लागि बोलाएको हो।

    अदालतले प्रसाइबाट बैंकले लिनुपर्ने ब्याज केन्द्रीय बैंकको स्वीकृतिमा ब्याज पुँजीकरण गर्न भनेको थियो। तर, केन्द्रीय बैंकले पुँजीकरण गर्न अनुमति नदिएपछि ऋण असुली थप अन्यौल बनेको हो। प्रसाईले ‘लडाकु जत्था’ बनाएर बैंकविरुद्ध उतारेपछि बैंकरहरू ऋण असुलीमा निस्किनसमेत सकेका छैनन्। उनले वित्तीय अनुशासन नै खल्बल्याउने गरी अभिव्यक्ति दिँदै हिँडेपछि बैंकरहरू थप सशंकित बनेका हुन्।

    ऋणी र बैंकबीच भएको समझदारी उल्लंघन गरेर प्रसाइको अभिव्यक्ति आउन थालेपछि आगामी सोमबारको बैठकले के गर्ने भन्ने निर्णय गर्ने छ। प्रसाइले बिएन्डसी मेडिकल कलेज नै धितो राखेर साढे ५ अर्बभन्दा बढी ऋण लिएका छन्। एक बैंकरका अनुसार बिएन्डसी पूरै बिक्री गर्दा पनि बैंकले गरेको लगानी उठ्न सक्दैन। ‘प्रोजेक्ट’ देखाएर प्रसाईंले ऋण लिएका थिए।

    एकातिर धितोबिनै कर्जा प्रवाह गरिएको छ भने अर्कातिर असारदेखि प्रसाइले ऋणको ब्याज बुझाएका छैनन्। त्यही भएर आगामी सोमबार ‘लिड बैंक’ ग्लोबल आइएमईको नेतृत्वमा सबै बैंकर उपस्थित भएर छलफल गर्न लागिएको हो।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ