News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अन्तराष्ट्रिय

युवापुस्ता बच्चा जन्माउन अनिच्छुक हुँदा दक्षिण कोरियाको प्रजनन दर घट्दै

574
SHARES


काठमाडौँ। दक्षिण कोरियाको प्रजनन दर उल्लेखनीयरूपमा घटेको छ । युवापुस्ता विवाह गर्न र बच्चा जन्माउन अनिच्छुक हुँदा प्रजनन दर घटेको कोरियाली तथ्याङ्क कार्यालयले जनाएको छ ।

सन् २०२१ मा कुल प्रजनन दर ०. ८१  प्रतिशत रहेकामा गएकाे वर्ष कुल प्रजनन दर ०.७८ प्रतिशत कायम भएको काेरियाली तथ्याङ्क कार्यालयले बुधवार जानेको हो ।

यो प्रजनन दर सन् १९७० यताको सबैभन्दा कम हो । सन् २०१८ पछि लगातार देशको प्रजनन दर एक प्रतिशतभन्दा कम रहेको छ ।

बालबच्चाको स्याहारसुसारको लागतमा निरन्तर भइरहेको वृद्धि, बढ्दो बेरोजगारी, विवाहप्रति बदलिएको सामाजिक धारणा, आवासको उच्च मूल्यलगायत कारणले युवा पुस्तामा विवाह र सन्तान उत्पादनमा अरुचि तथा ढिलो विवाह गर्नाले प्रजनन दर घटेको कार्यालयले बताएको छ ।

कोरियाली तथ्याङ्क कार्यालयका अनुसार गएकाे वर्ष दुई लाख ४९ हजार बच्चा जन्मेका थिए भने सन् २०१७ मा चार लाख बच्चाको जन्म भएको थियो । त्यसपछि लगातार तीन वर्ष तीन लाख बालबालिका जन्मेका थिए ।

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया