News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

खेलकुद

आदील र महबुबलाई धरौटीमा छाड्न अदालको आदेश

1K
SHARES


काठमाडौं । नेपाल टी-ट्वान्टी क्रिकेट लिगको स्पट फिक्सिङमा संलग्न खेलाडी र बिचौलियालाई अदालतले ३ लाख धरौटीमा छाड्न आदेश गरेको छ ।

राष्ट्रिय क्रिकेट टोलीका सदस्य आदिल अन्सारीसहित ३ जनालाई जनही ३ लाख धरौटीमा छाड्न जिल्ला अदालतले आदेश दिएको हो ।

२०७९ पुस ९ देखी पुस २७ सम्म सञ्चालित टी-२० लिगमा स्पट फिक्सिङ गरेको आरोपमा सिआईबीले ३ जनालाई पक्राउ गरेको थियो ।

स्पट फिक्सिङमा संलग्न आरोपमा पक्राउ पर्नेमा पूर्व राष्ट्रिय क्रिकेटर मेहबुव आलम, राष्ट्रिय क्रिकेट टोलीका सदस्य आदिल अन्सारी र पर्साको वीरगन्ज घर भएका नितेश गुप्ता छन् ।

बुधवार थुनछेक बहसपछि अदालतले उनीहरूलाई धरौटीमा रिहा गर्न आदेश गरेको केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता (एसपी) सञ्जय सिंह थापाले बताए ।

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया