• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    आफ्नी श्रीमती र बुवालाई आपत्तिजनक अवस्थामा देखे पछि…

    4.3K
    SHARES



    काठमाडौँ। आफ्नी श्रीमती र बुवालाई आपत्तिजनक अवस्थामा देखे पछि कपिलवस्तुमा एक जना व्यक्तिले आफ्नै बुवाको हत्या गरेका छन् ।

    कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर १० शितलापुरका ३० वर्षीय मग्निराम पासीले आफ्नै बुवा ६४ वर्षीय मगरे पासीको हत्या गरेका हुन् ।

    मङ्गलवार बिहान ११ बजे तिर श्रीमती र बुवालाई नग्न अवस्थामा देखे पछि आक्रोशित मनिरामले बुवाको हत्या गरेका थिए। हत्या पछि मनिरामले सो घटनालाई आत्महत्या भनी देखाउन शवलाई डोरीमा बाँधेर झुन्डाएका थिए । घटना बारे थाहा पाए पछि प्रहरी पुग्दा बुधवार बिहान पासी आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परका थिए ।

    घटना शङ्कास्पद देखेपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो। हत्यामा संलग्न मृतकको छोरा वर्ष ३० को मग्निराम पासी र बुहारी वर्ष २६ कि मिमा पासीलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रमुख कपिल जगं शाहीले बताए ।

    प्रमुख शाहीका अनुसार आरोपीले आफ्नो अपराध स्वीकार गरेका छन्। मंगलबार बिहान ११ बजे खाना खान घरमा आएको समयमा आफ्नो बुबा र श्रीमतीलाई मनीरामले नग्न अवस्थामा देखेका थिए । त्यस पछि बाबुको हत्या गरेको र सोही दिन राती ११ बजे डोरीमा बाँधी झुण्ड्याएका थिए ।

    बुधवार बिहान ८ बजे मात्र प्रहरीलाई सूचना पुगेको र प्रहरीले घटनास्थलबाट आवश्यक सबुद प्रमाणहरू बरामद गरेको सो घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको शाहीले बताए ।

    यस्तै, चिनिया सहयोगमा बिस्तार हुन लागेको कलंकी-स्वयम्भू-गोंगबु-महाराजगन्ज चक्रपथ सडक खण्डको सम्बन्धित निकायले भोलि बिहान स्थलगत निरीक्षण गर्ने भएका छन् ।

    निर्माण सुरु हुनुअघि निर्माण प्रक्रियाका प्राथमिकताबारे जानकारी लिन स्थलगत निरीक्षण हुन लागेको हो । निरीक्षणका लागि बिहान ९ बजे नै कलंकीको मकालु पेट्रोल पम्प अगाडि भेला हुने जानकारी गराइएको छ ।

    उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ, काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ तथा नेपालका लागि चिनिया राजदूत “छन् सङ” लगायत सम्बन्धित निकायका प्रतिनिधि र निर्माण सम्बद्ध प्राविधिज्ञहरूले स्थलगत निरीक्षण गर्ने कार्यक्रम रहेको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया