• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    नक्कली प्रमाण पत्र पेश गरि जागिर खाएको भन्दै डिआईजी सिंहविरुद्ध अख्तियारमा उजुरी

    0.9K
    SHARES



    काठमाडौँ। नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डिआईजी) अशोक सिंहले उमेर, थर र शैक्षिक योग्यता ढाँटेर जागिर खाएको भन्दै अख्तियार अनुसन्धान आयोगमा उजुरी परेको छ ।

    हाल सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख रहेका डिआईजी सिंहले नेपाली नागरिकताको प्रमाणपत्रमा उमेर घटाएको, वास्तविक थर लुकाएको र नक्कली शैक्षिक योग्ताको प्रमाण पत्र पेश गर्दै जागिर खाएको भन्दै बुधबार अख्तियारमा उजुरी परेको हो । सिंहविरुद्ध परेको उजुरी अख्तियारले दर्ता पनि गरेको छ ।

    अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले सिंहविरुद्ध अख्तियारमा उजुरी दर्ता भएको पुष्टि गरेका हुन् । दर्ता उजुरीउपर नियमानुसार अनुसन्धान अगाडि बढाउने उनले बताए ।

    ‘सिंहले किर्तेगरी सरकारी निकायलाई भ्रममा पारेर वास्तविक उमेरभन्दा कम उमेर देखाएर जागिर खाइरहेका छन्,’ अख्तियारमा परेको उजुरीमा भनिएको छ, ‘प्रहरीमा जागिर खानकै लागि पहिले जारी नागरिकतामा उमेर सच्याएर गैरकानुनी तरिकाले नेपाल प्रहरीको प्रहरी निरीक्षक पदमा नियुक्ति लिएका थिए ।

    सो विषय अशोक सिंहले गत वर्ष सामाजिक संजाल फेसबुकमा हालका गृहसचिव विनोदप्रकाश सिंहलाई सचिव पदमा बढुवा भएकोमा मेरो प्रिय भाइ विनोद सिंहलाई बधाई भन्दै लेखेका थिए ।

    आगामी वर्ष ५८ वर्षे उमेरहदले अनिवार्य अवकाश पाउने गृह मन्त्रालयका सचिव विनोद प्रकाश सिंह (हाल ५७ वर्ष) लाई भाइ भनेर सम्बोधन गर्ने डिआईजी अशोक सिंहको हालको उमेर ५७ वर्षभन्दा बढी हुनुपर्ने हो।’

    सोही आधारमा सिंहले प्रहरी नियमावली अनुसार डिआईजीको ५६ वर्षे उमेरहदको कारण स्वत अवकास पाउनुपर्ने जिकिर उजुरीमा छ । सिंहको सुरु नागरिकता जारी भएको जिल्लादेखि सम्पुर्ण रेकर्ड मगाइ गम्भीरतापूर्वक छानबिन गर्न माग गरिएको छ ।

    यस्तै, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ ।

    नेकपा एमालेले अध्यक्ष नेपाललाई राष्ट्रपति प्रस्ताव गरेलगत्तै कांग्रेस नेता पौडेल भेटका लागि पुगेका हुन् । एकीकृत समाजवादीको कार्यालय, आलोकनगरमा भएको भेटमा वरिष्ठ नेता पौडेलले राष्ट्रपतिबारे चासो राखेका थिए ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ