• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    सुदुरपश्चिम

    अछाममा एक किशोरी मृत फेला

    696
    SHARES


    अछाम। अछाममा एक किशोरी मृत फेला परेकी छिन् ।

    जिल्लाको चौरपाटी गाउँपालिका-१ शेर्पाली बस्ने २२ वर्षीया काली साउद मृत फेला परेको प्रहरीले बताएको छ ।

    उनी आफ्नै घरको आँगनमा मंगलबार मृत अवस्थामा फेला परेकी अछाम प्रहरीले बताएको हो । यस विषयमा आवस्यक अनुसन्धान भइरहेको  जनाएको छ ।

    यस्तै, सशस्त्र प्रहरीले ९ केजी चरेससहित ३ जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल बिओपी फूलबारीले रोल्पाको थवाङ्ग गाँउपालिका ५ बस्ने कुमार पुन, दाङको लालमोटिया गाउँपालिका १ बस्ने पुनम पुन र दिलमाया पुनलाई नियन्त्रणमा लिएको हो ।

    धनगढी उपमहानगरपालिका १४ एचगाउँ स्याउले घाटस्थित नेपाल भारत सीमा ईलाकाबाट बुधबार ९ केजी चरेससहित तीन जनालाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ हे.क्वाले जनाएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ