• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    राष्ट्रपतिमा देउवालाई नै अघि बढ्न प्रस्ताव

    1.1K
    SHARES



    काठमाडौँ। प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रपतिको निर्वाचनमा कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने निर्णय लिएका छन् ।

    सत्ता गठबन्धनबाट एमालेले राष्ट्रपतिमा दाबी गरिरहेको बेलामा प्रचण्डले भने कांग्रेसको उम्मेदवारलाई सघाउने तयारी गरेको माओवादीनिकट उच्च स्रोतको दाबी छ ।

    पछिल्लो समय प्रधानमन्त्री दाहालसँग कांग्रेस महामन्त्री गगनकुमार थापाले निरन्तर भेटवार्ता गरिरहेका छन् । उनको अलावा उपसभापति पूर्णबहादुर खड्काले पनि दाहालसँग भेटवार्ता जारी राखेका छन् ।

    थापा र खड्कासँगको भेटमा दाहालले राष्ट्रपतिमा कांग्रेसलाई नै सहयोग गर्ने वचन दिएका छन् । उनले कांग्रेस सभापति शेरबहादुर देउवालाई अघि सार्दा राम्रो हुने सन्देश प्रवाह गरेका छन् ।

    यदि देउवा नमानेको खण्डमा भने उनले कृष्णप्रसाद सिटौलाको नाममा सहमति जुटाउन सहज हुने सन्देश पठाएका छन् । कांग्रेसले भने वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिमा अघि सार्ने बताउँदै आएको थियो ।

    तर, प्रधानमन्त्री दाहालले भने पौडेलभन्दापनि सभापति देउवाकै नाम पहिलो प्राथमिकतामा राखेका छन् । देउवा नमाने सिटौलालाई सहयोग गर्ने उनको तयारी रहेको छ ।

    शान्ति प्रक्रियामा महत्वपूर्ण भूमिका निर्वाह गरेका सिटौला प्रचण्डसँग नजिक मानिन्छन् । कांग्रेसमा शेखर कोइराला समूहले पनि सभापति देउवालाई राष्ट्रपतिमा गएर सम्मानजनक रुपमा पार्टीको सक्रिय राजनीतिबाट विदा लिन सुझाएको छ ।

    केही दिनअघि अर्का महामन्त्री विश्वप्रकाश शर्माले सभापति देउवा राष्ट्रपति बने पार्टीको लागि पनि राम्रो हुने सार्वजनिक अभिव्यक्ति दिएका थिए ।

    उनले आफूले देउवासँगको भेटमा पनि सोही प्रस्ताव गरेको तर देउवाले नमानेको खुलासा गरेका थिए । आजमात्रै एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि प्रधानमन्त्री दाहालसँग भेटवार्ता गरेका थिए । सो भेटमा ओलीले राष्ट्रपतिमा माधव नेपालको नाम अघि सारेको चर्चा रहेको छ ।

    यस्तै , नेकपा (एकीकृत समाजवादी) का केही नेताहरु ग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ताको लागि देउवाको डेरामा पुगेका छन् । आज नेकपा (एस) को सचिवालय बैठक बसेको थियो । सो बैठकले राष्ट्रपतिको निर्वाचनबारे कांग्रेस, माओवादीलगायतका दलसँग छलफल गर्ने र निर्णयमा पुग्ने निश्कर्ष निकालेको थियो ।

    सोहीअनुसार अहिले महासचिव डा. वेदुराम भुसाल, सचिवालय सदस्य घनश्याम भुसाल, प्रवेश हमाल देउवाको डेरामा पुगेका छन् । अहिले केहीबेरमा माधव नेपालपनि त्यहाँ पुग्ने कार्यक्रम रहेको जनाईएको छ ।

    यसअघि जसपा अध्यक्ष उपेन्द्र यादवले देउवासँग भेटवार्ता गरेका थिए । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने राष्ट्रपतिको निर्वाचनमा कांग्रेसलाई समर्थन गर्ने मन बनाएका छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ