• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    माधव नेपालसँग चिनियाँ राजदूतको भेटवार्ता

    774
    SHARES



    काठमाडौं । नेपालका लागि चीनका नवनियुक्त राजदूत चेन सोङले पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

    अध्यक्ष नेपाललाई भेट्न राजदूत सोङ बुधबार दिउँसो नेपाल निवास कोटेश्वर पुगेका हुन् । भेटमा अध्यक्ष नेपालले नवनियुक्त राजदूत सोङलाई स्वागत गर्दै कार्यकाल सफलताको शुभकामना दिएका छन् ।

    त्यस्तै राजदूत सोङले राजदूतका रूपमा नेपाल आउन पाउँदा खुसी लागेको बताउँदै आफ्नो कार्यकालमा सबैबाट सहयोगको अपेक्षा गरेको बताएका छन् ।

    उनीहरुबीच नेपाल-चीन सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा कुराकानी भएको नेता नेपालको सचिवालयले जनाएको छ ।

    राष्ट्रपति निर्वाचनको मिति नजिकिँदै जाँदा चिनियाँ राजदूतको सक्रियता बढ्न पुगेको राजनीतिक वृत्तमा चर्चा भइरहेको छ ।

    बुधबारमात्रै राजदूत सोङले माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डसँग बालुवाटारमा भेटवार्ता गरेका थिए ।

    यस्तै, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफूले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेको खुलासा गरेका छन् ।

    अध्यक्ष नेपालले पार्टी सचिवालय बैठकमा एमाले अध्यक्ष ओलीसँग आइतबार राति भेटवार्ता भएको पार्टीमा ब्रिफिङ् गरेका हुन् । उनले आइतबार करिब ४ घण्टासम्म ओलीसँग छलफल भएको बताएका हुन् ।

    ओलीले राष्ट्रपतिमा माओवादीले राष्ट्रिय सहमति गर्ने निर्णय गरेसँगै एमालेको उम्मेद्‍वार राष्ट्रपतिमा निर्वाचित हुन नसक्ने भएको भन्दै समाजवादीका अध्यक्ष नेपाललाई अघि सारेको भन्ने कुरा आइरहेको छ ।

    राष्ट्रपतिमा समाजवादीका अध्यक्ष नेपाललाई बनाएर एकीकृत समाजवादी पार्टीलाई एमालेमा समाहित गर्ने दुवै नेताहरुबीच आइतबार राति सहमति भएको अध्यक्ष ओली निकट स्रोतले जनाएको छ ।

    ओलीले समाजवादीका अध्यक्ष नेपाललाई अघि सार्दा कांग्रेसले पनि सघाउने र एमालेलाई पनि फाइदा हुने अस्त्रअघि सारेको माओवादी नेताहरुको बुझाइ छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ