• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    यौन दुर्व्यवहारको आरोप लागेका स्टार अल्भेसलाई धरौटीमा छाड्न अदालतको अस्वीकार

    1.3K
    SHARES



    काठमाडौं । ब्राजिलियन फुटबल स्टार ड्यानी अल्भेसलाई स्पेनिस अदालतले धरौटीमा छोड्न अस्वीकार गरेको छ ।

    यौन दुर्व्यवहार आरोपमा पक्राउ परेका ब्राजिलियन डिफेन्डर अल्भेसले धरौटीमा छुट्न पाउँ भन्दै दिएको निवेदन अदालतले अस्वीकार गरेको हो ।

    धरौटीमा छाड्दा अल्भेस स्पेन छाडेर भाग्न सक्ने भन्दै बार्सिलोनाको अदालतले उनको निवेदन अस्वीकार गरेको हो । अदालतले धरौटीमा छाड्न नमानेपछि उनी अब बार्सिलोनमै थुनामा बस्नु पर्ने भएको छ ।

    ‘अल्भेसलाई जमानतमा छाडिएको खण्डमा उनी स्पेन छाडेर भाग्ने जोखिम उच्च छ किनकी यदी अल्भेसको अपराध पुष्टि भएको खण्डमा कडा सजाय भोग्नु पर्ने हुन्छ । राम्रो आर्थिक अवस्थाले पनि उनलाई जुन सुकै बेला स्पेन छाड्न सम्भव बनाउन सक्छ । बार्सिलोना अदालतले भनेको छ ।’

    स्पेनको प्रहरीले अल्भेसलाई यौन दुव्र्यवहारको आरोपमा फेब्रुअरी २० मा पक्राउ गरेको थियो । बार्सिलोनाका पूर्व रक्षक अल्भेसमाथि गत डिसेम्बर ३० मा नाइट क्लबमा एक महिलालाई यौन दुव्र्यवहार गरेको आरोप छ ।

    प्रहरीमा उपस्थित भएका ३९ वर्षीय अल्भेसले नाइट क्लबमा उपस्थित भए पनि आफूले दुव्र्यवहार नगरेको दाबी गर्दै आएका छन् ।

    तर अल्भेसको बचाउ पक्षले भने उनी निर्दोष रहेको भन्दै सबै आरोपको खण्डन गर्दै आएका छन् । बचाउ पक्षका एकले भने, ‘अल्भेस पहिले जति निर्दोष थिए, अहिले पनि उत्तिकै निर्दोष छन् ।’

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया