• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    विदेश जान पाउनुपर्ने मागसहित सर्वोच्च जाँदै सन्दीप

    462
    SHARES


    काठमाडौँ। नाबालिग बलात्कारको अभियोग लागेका सन्दीप लामिछाने पाटन उच्च अदालतले गरेको फैसला विरुद्ध आज अपराह्न ४ बजे सर्वोच्च अदालत पुनरावेदन दिन जाँदै छन् ।

    बुधबार सन्दीपका वकिल सरोजकृष्ण घिमिरेले सन्दीप आज अपराह्न ४ बजे सर्वोच्च अदालत जान लागेको बताएताएका हुन् ।

    उनले भने, ‘ हामी आज पुनरावेदनको लागि सर्वोच्च अदालत जाँदै छौँ। सन्दीप सहित हामी सर्वोच्च जान लागेका हाैं । आज पुनरावेदन दर्ता गराउँछौँ। अब पेशी जाँहासम्म लाग्छ सोमबार कि बुधबार हुन सक्छ होला ।’

    यद्यपि लामिछानेविरुद्धको बलात्कार मुद्दा भने जिल्ला अदालत काठमाडौँमै विचाराधीन रहेको छ । उच्च अदालतको आदेश बदर हुनुपर्ने र लामिछानेलाई थुनामा राखेरै बलात्कार मुद्दा अघि बढाउनुपर्ने माग सहित महान्यायाधिवक्ता कार्यालयले १७ गते सर्वोच्चमा निवेदन दिएको थियो ।

    उक्त निवेदनमा माघ २० गते सर्वोच्चले पाटन उच्च अदालतको फैसलाको मिसिल(कैफियत प्रतिवेदन) झिकाउने आदेश दिएको थियो ।

    उक्त पुनरावेदनको पेसी फागुन १२ गतेलाई तोकिएको छ । यस पुनरावेदनको पेसी अघि नै अर्को पुनरावेदन सन्दीपले सर्वोच्चमा दिन लागेका हुन् ।

    गत भदौ ५ गते एक १७ वर्षकी बालिकालाई ललाइफकाई नगरकोट घुम्न लगेको र त्यहाँबाट नियत बस ढिलो गरी राति तिलगंगास्थित एक होटलमा ल्याएर बलात्कार गरेको आरोप उनीमाथि छ ।

    मुद्दामा कात्तिक १८ गते काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस भएको थियो । थुनछेक बहसपछि जिल्ला न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले लामिछानेलाई ‘मुद्दाको किनारा नलागेसम्म पुर्पक्षका लागि जेल चलान गर्न आदेश’ दिएको थियो ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ