• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    दुर्गा प्रसाईं भन्छन् : राजा फर्काउन खोजेको होइन

    882
    SHARES



    काठमाडौँ । व्यवसायी दुर्गा प्रसाइले आफ्नो अभियान राजा फर्काउनका लागि नभएको बताएका छन् ।

    बुधबार धनगढीमा आयोजित कार्यक्रममा प्रसाईंले आफूले थालेको अभियानलाई कतिपयले राजा फर्काउने अभियान भनेर टिप्पणी भइरहेको भन्दै त्यसको खण्डन गरेका हुन् ।

    ‘हाम्रो यो कार्यक्रमलाई कति जनाले राजा ल्याउने, महाराजा ल्याउने हो भनेर भनिरहेका छन् तर त्यस्तो होइन’, प्रसाईँले भने, ‘यहाँ गरिबको चुलो बाल्ने कुरा छ । झोला बोकेर विदेश पस्नेहरुलाई स्वदेशमै रोजगारी दिन र नागरिकलाई बचाउन कार्यक्रम ल्याएका छौँ ।’

    उनले राजनीतिक दलहरुले व्यवसाय गरेर बसेको मान्छेलाई विद्रोह गरेर सडकमा ल्याउन बाध्य पारेको पनि दाबी गरे । पूर्वराजाबाट कार्यक्रम उद्घाटन गरेकै घरमा एमालेले आफूलाई कारबाही गरेकोमा असन्तुष्टि जनाए ।

    ‘हिजो मेरा हजुरबुवा केपी ओलीले पूर्वराजाबाट पानसमा दियो बालेकै कारण मलाई कारवाही गर्नुभयो । उहाँले नै हामीलाई पार्टीको निर्णय गराएर राजतन्त्रको एजेन्डा बोक्ने राजेन्द्र लिङ्देनलाई भोट हाल्न लगाउनुभयो,’ प्रसाईँले भने, ‘अब तपाईहरु भन्नुस् कारवाही उहाँलाई गर्ने कि मलाई ?’

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया